गर्ल्स होस्टेलका गोप्य कुरा
केटीहरु होस्टेलमा के के गर्छन् ? यो एउटा यस्तो प्रश्न हो, जसको जवाफ जान्नका लागि केटाहरु बेचैन हुन्छन् ।
केटीहरु बस्ने होस्टेले एउटा यस्तो ठाउँ हो जहाँ केटाहरु पस्न सक्दैनन् । त्यसैले पनि यसप्रति उनीहरुको उत्सुकता बढेको हुन्छ ।
गर्ल्स होस्टेल वास्तवमै एक अलग दुनिया हेा केटीहरुको लागि । जहाँ फरक फरक ठाउँबाट आएका केटीहरु एकसथा रहन्छन्, कोठा शेयर गर्छन् बाथरुम शेयर गर्छन्, कपडा शेयर गर्छन् र एक अर्काका भावना तथा इच्छाहरु पनि शेयर गर्छन् ।
होस्टेलमा केही त्यस्ता कुराहरु पनि हुन्छन् जुन होस्टेलभन्दा बाहिर हुँदैनन् प्रायः । गल्र्स होस्टेलमै हुने त्यस्ता विशेष कुराहरु यस्ता पो छन्ः
खाली समय मिल्ने बित्तिकै उनीहरु फटाफट मेकअप गर्दछन् । तर कहीँ घुम्न जानका लागि होइन, आफ्नै फोटो खिच्नका लागि श्रृंगार ।
पूरै रातभर जागा रहेर लगातार फिल्म हेर्ने ।
पूरै रातभर जागा रहेर एक अर्काबीच लभ अफेयर, लभ लाइफ, विवाह, सुहागरात, सौता तथा प्रेम र धोकाका बारेमा अन्तरँग कुराकानी ।
रात अबेरसम्म बसेर स्यानिटरी प्याडको गुणस्तर, महिनावारीको मिति, बार तथा रजश्वला हुँदाको समस्याका बारेमा एक अर्कामा कुराकानी ।
सोसल साइटमा कुनै नयाँ केटासँग चिनाजानी र कुराकानी । अनि आफ्ना साथीहरुसँग सोधीसोधी उसले गरेका प्रश्नको जवाफ लेख्ने ।
आफ्नी साथीको ब्वायप फ्रेण्डलाई अनजान केटी बनेर फोन गर्ने र उसको रेस्पोन्स बुझ्न्।
योग, व्यायाम तथा डाइटलाई लिएर गम्भीर चिन्तन गर्ने र एकसाथ सारा नियमहरु मान्ने ।
धेरै दिनसम्म केवल चाउचाउ वा ड्राइ फुड्स खाएर बिताउनु ।
साथीहरुका लुगा लगाएरै घुम्न तथा पार्टीमा जानु ।
क्यान्टिनको खाना नराम्रो भएको भन्दै कचकच गर्नु र आफु आफुमा पैसा जम्मा गरेर बाहिरबाट खानेकुरा मगाउनु ।
सबैसँग पैसा जम्मा गरेर कुनै साथीको सरप्राइज बर्थडे पार्टी गर्नु ।
होस्टेल वार्डन तथा आफ्नो प्रतिस्पर्धी समूहसँग लुकेर, बँचेर रक्सी पिउनु, चुरोट पिउनु र रंगेहात समातिएमा कान छोपिहाल्नु ।
बच्चाजस्तै गरेर नाच्नु ।
जस्तो पायो उस्तै कपडा लगाउनु, किनकी त्यहाँ त केवल केटीहरु मात्रै हुन्छन् र लाजको फ्याक्टर कम हुन्छ। एजेन्सीको सहयोगमा


0 comments
Write Down Your Responses