जानिराख्नुस् यस्ता व्यक्ति धोकेबाज हुन्छन्

एक अध्ययनका अनुसार जसले आफ्नो रिलेशनसीपमा असुरक्षित महशुस गर्ने गर्दछ उ धोकेबाज हुने गर्दछ । 


फ्लोरिडा स्टेट युनिभर्सिटीले गरेको एउटा अध्ययनअनुसार विवाहित जोडी बढी धोकेबाज हुने गर्दछन् । किनभने जब एउटा पार्टनरलाई आफ्नो साथीको आवश्यकता पर्दछ वा उनी तनावमा हुन्छ तब दोस्रो गायव हुने गर्दछन् । शोधकर्ताका अनुसार जसलाई साथीको आवश्यकता पर्दछ र जो रिलेशनसीपमा स्वयमलाई असुरक्षित महशुस गर्दछ त्यस्त अधिकांश व्यक्तिले आफ्नो पार्टनरलाई धोका दिने गर्दछन् । यसको अर्थ कुनै एक पार्टनरलाई आवश्यक परेका बेला अर्को त्यसबेला उसका साथ हुँदैन भने आवश्यक परेको पार्टनरले असुरक्षित महशुस गर्न लाग्दछ । र, उ कतै अन्तै गएर साहरा खोज्न लाग्छ । 

अध्ययन टोलीले २०७ नव विवाहित जोडीमा चार वर्ष लगाएर यो अध्ययन गरेको हो । टोलीले चार वर्षमा ती नवविवाहित जोडीसँग ६ पटक कुराकानी गरेको थियो । उनीहरुसँग आफ्नो रिलेशनसीप कति सुरक्षित छ या असुरक्षित महशुस भइरहेको छ ? आफ्नो विवाहित जिन्दगीप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ? जस्ता प्रश्न सोधिएको थियो । अध्ययनमा पार्टनरप्रति असुरक्षाको भावना राख्ने व्यक्तिले आफ्नो साथीलाई धोका दिइरहेको पाइएको थियो । 

शोधकर्ताहरुका अनुसार अध्ययनको परिणाम ‘लगाव सिद्धान्त’मा आधारित छ । जुन व्यक्तिको बाल्यकालमा वरपरको वातावरण असुरक्षित हुने गर्दछ , उनीहरु आफ्नो साथीप्रति बढी विश्वास गर्दछन् । यही जसको बाल्यकालबाटै केही चिन्तित स्वभावको हुन्छ उनीहरुमा असुरक्षाको भावना बढी हुने गर्दछ । त्यस्ता व्यक्तिले आफ्नो साथीलाई धोका दिने गर्दछन् । एजेन्सी

, ,

0 comments

Write Down Your Responses