गायिका रेखा शाहलाइ अदालत बाट सफाइ,झुठो मुद्धा चलाउने प्रहरी लाइ कारबाहीको लागी रेखाको अपिल

गायिका रेखा शाहलाइ अदालतले अभियोग बाट सफाइ दिएको छ ।काठमाडौ जिल्ला अदालतले गायिका रेखा शाह बिरुद्धको मुद्धा खारेजिको फैसला गरेको छ ।मंगलबार बसेको जिल्ला न्यायधिस राम प्रसाद अधिकारीको इजलासले गायिका रेखा शाह बिरुद्ध प्रहरीले लगाएको अभियोग आधारहीन भन्दै शाह लाइ अभियोग बाट सफाइ दिएको हो ।अभियोग बाट सफाइ पाएपछि प्रेस बिज्ञप्ती जारी गर्दै गायिका शाहले उनको प्रतिस्ठा संग जोडिएका केही प्रस्नलाई केही हद सम्म साम्य पारे पनि हिरासतमा दस दिन बस्दा प्रहरीबाट भएको दुरब्यबहारले अझै मर्माहत भएको बताएकी छिन । 

ममाथि लगाइएको कपोलकल्पित झूठा मुद्दा र १० दिनको हिरासतले मेरो व्यक्तिगत जीवनमा पर्न गएको क्षति र प्रतिष्ठामा उठेको प्रश्नलाई अदालतको न्यायिक निरोपणले एक हदसम्म शान्त पारे पनि’ उनले भनेकी छन्, ‘प्रहरीको ज्यादती र हिरासतमा औषधिसमेत खान नदिई गरिएको दुव्र्यवहारले भने अझै पनि म मर्माहत छु ।’ प्रहरीले २०७२ पुष २७ गते उनी विरुद्ध मुद्दा दायर गरेको थियो । 

पहिलो सुनुवाइमा उनलाई अदालतले सामान्य तारेखमा छाडेको थियो भने मंगलबारको दोस्रो सुनुवाइमा मुद्दा खारेज भएको हो । यसरी सरासरी मुद्दा खारेज हुनुले नै प्रहरीको अभियोग झुठा भएको पुष्टि भएको भन्दै उनले आफूमाथि अनावश्यक दुस्ख दिने काम भएकामा खेद व्यक्त गरेकी छन् । 

 झूठा मुद्दा लगाउने प्रहरी अधिकृतबाट यसको क्षतिपूर्ति दिलाइदिन र उचित कारबाही गरिदिन’ उनले भनेकी छन्, ‘म राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग र नेपाल सरकार तथा मानव अधिकारको पहरेदारी गर्ने नेपालस्थित अन्तर्राष्ट्रिय संस्था र तिनका प्रतिनिधिलाई आग्रह गर्ने पनि बताएकी छ ।

0 comments

Write Down Your Responses