प्रेमीको ज्यान मारेको अभियोगमा प्रेमिकाको बाबुआमा र दाई जेल चलान
पक्राउ अभियुक्तहरु : क्रमश शिव प्रसाद साह कलवार, श्रीमती सुमित्रा देवी साह, छोरी निभा कुमारी साह कलवार र छोरा कन्हैया कुमार साह कलवार ।
रौतहट –विवाह गर्ने प्रस्तावसहित घरमा गएका प्रेमिको घाँटीमा पासो लगाई हत्या गर्ने प्रेमिकाका बाबुआमा, दाईसहित चारजनालाई जिल्ला अदालत बाराले जेलचालानको आदेश गरेको छ ।
हिजो मंगलवार बसेको जिल्ला न्यायधीश सुर्य बहादुर थापाको इजलासले बारा कलैया नपा–६ का प्रेमिकाका बाबु शिव प्रसाद साह कलवार, आमा सुमित्रा देवी, भाई कन्हैया कुमार र प्रेमिका निभा कुमारीलाई पुर्पक्षका लागि जेल चालानको आदेश दिएको हो ।
मिति २०७२/१२/०२ गते राती ११ः३० बजेको समयमा क.न.पा.वडा नम्बर–६ निभा कुमारी साहसँग भेटेर प्रेम प्रस्ताव राखेका स्थानीय सन्तोष साह कलवारलाई प्रेमिकाका बाबु शिव प्रसाद साह कलवार, आमा सुमित्रा देवी साह कलवार, भाई कन्हैया कुमार साह कलवार समेतले नाईलनको फिताले घाँटी कसी मारेका थिए ।
कलैया.वडा नं.१ स्थित रामजी श्रेष्ठको बकुलाको खेतमा फालेको अवस्थामा मिति २०७२/१२/०४ गते बिहान ६ बजेको समयमा मृतक सन्तोष साह कलवारको लास फेला परेको कर्तव्य ज्यान मुद्दामा निज निभा कुमारी साह कलवार, बाबु शिव प्रसाद साह कलवार, आमा सुमित्रा देवी साह कलवार र भाई कन्हैया कुमार साह कलवार चारै जनालाई प्रहरीले पक्राउ गरी कारवाही बढाएको थियो । हत्याका अभियोगीहरुलाई प्रहरीले मोबाईल फोनको लोकेशनको आधारमा पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक खगेन्द्र धमलाले बताएका छन् ।


0 comments
Write Down Your Responses