जो होचो उसैको मुखमा घोच्यो, दिउसै सडकमा लुटपाट मचाएर गोलि हान्नेलाई समउन नसक्ने सोजसिदा जनतालाई हल्का लाईन मिचे एस्तो कडाईको साथ पिछा गर्ने रे, जहाँ भ्रस्टाचार हुन्छ त्यो ठाउमा छैन CC Camara सर्बसघरण जनता हिड्ने बाटोमा camara

ट्राफिक प्रहरी महाशाखा रामशाहपथले दुर्घटना घटाएर भाग्ने चालक समात्न 'मोटरसाइकल विशेष इकाइ' गठन गरेको छ। 


जसमा १७ वटा मोटरसाइकलसहित ट्राफिक प्रहरी तैनाथ हुनेछन्। प्रहरी प्रधान कार्यालयले ट्राफिक प्रहरीका लागि १७ वटा ५ सय सीसीका बुलेट मोटरसाइकल उपलब्ध गराएको छ। 'दुर्घटना घटाएर भाग्ने चालकहरुलाई नियन्त्रणमा लिन मोटरसाइकल इकाइ गठन गरिएको हो', डिआइजी प्रकाश अर्यालले भने, 

'अब उपत्यकामा मुख्य चोक चोकमा मोटरसाइकलसहित ट्राफिक प्रहरी परिचालित हुनेछन्।' दुर्घटना घटाएर भाग्ने, ठक्कर दिएर फरार हुनेजस्ता घटना घटेको र नागरिकलाई सुरक्षा दिन 'सुरक्षाका लागि तपाईँको गति बढ्दै छ हाम्रो' भन्ने नारासहित ट्राफिक प्रहरीले मोटरसाइकल इकाइ गठन गरेको हो।

,

0 comments

Write Down Your Responses