नयाँ वर्षको अघिल्लो रात देखि नयाँ वर्षको भर कडाई चेकिङ हुने

काठमाडौँ - आइतबार आयोजित पत्रकार सम्मेलनमा महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रकाश अर्यालले नयाँ वर्ष मनाउने क्रममा कुनै दुर्घटना नहोस् भनेर प्रहरीले जाँच गर्ने बताउँदै उक्त दिन मादकपदार्थ सेवन(मापसे) गरी होहल्ला एवम् झैंझगडा गरी शान्तिसुरक्षामा प्रतिकूल प्रभाव पार्ने, मापसे गरी सवारीसाधन चलाउने लगायत गतिविधि नियन्त्रण गर्न एकीकृत सुरक्षा योजना अपनाइएको जानकारी दिए। 


काठमाडौँ उपत्यकाका तीनै प्रहरी परिसर र ट्राफिकले सो दिन रातभर सयभन्दा बढी स्थानमा जाँच गर्ने बताइएको छ। एकै नम्बर प्लेटका दुई ट्याक्सी ट्राफिक प्रहरीले एकै नं प्लेटका दुई ट्याक्सी नियन्त्रणमा लिएको छ। बा२ज ६२४ नं रहेको अल्टो सुजुकी कम्पनीका ट्याक्सी सवारीचालक रामबहादुर तामाङ र दुर्गा अधिकारीबाट शुक्रबार नियन्त्रणमा लिइएको हो। 

महाशाखा प्रमुख अर्यालका अनुसार ती दुईमध्ये कुन ट्याक्सी सक्कली र नक्कली नं प्लेट हो भन्ने बारे अनुसन्धान भइरहेको र कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको छ। यसैबीच ट्राफिक नियम उल्लङ्घन गरी भाग्ने सवारीसाधन नियन्त्रणमा लिई कारबाही गर्न तालिमप्राप्त चालकसहितको १७ मोटरसाइकल विशेष एकाइ ट्राफिक महाशाखाले बनाएको छ। पाँच सय सिसीका ती मोटरसाइकल उच्च गतिमा गुड्न सक्ने भएकाले नियम उल्लङ्घन गरी भाग्नेलाई नियन्त्रणमा लिन सजिलो हुने विश्वास लिइएको महाशाखाका प्रमुख अर्यालले बताए। 

प्रहरी प्रधान कार्यालयसँग यस वर्ष २५ त्यस्ता मोटरसाइकल माग गरिएकामा १७ आएको र आठ वटा आउने क्रममा छ। रससा

,

0 comments

Write Down Your Responses