राजा आऊ देश बचाऊ’ भन्दै नुवाकोटमा पुर्वराजा ज्ञानेन्द्रको ‘जयजयकार’ (फोटोफिचर)

नुवाकोट- भाकल पुरा गर्न भन्दै पुर्वराजा ज्ञानेन्द्र शाह परिवारसँगै नुवाकोटका धार्मिक पिठहरुको भ्रमण गरी फर्किएका छन् ।

भवानीको दर्शन गरी देशलाई अनिष्ट हुनबाट बचाउन आफ्नो धार्मिक भ्रमण उपयोगी भएको बताएका ज्ञानेन्द्रले नुवाकोटको प्रसिद्ध भैरवी मन्दिर, विदुरमा रहेको रुद्रेश्वर महादेव र बट्टारमा रहेको राममन्दिरमा विशेष पुजाआजा गरेका हुन् । 

तथा पत्नी कोमल, बुहारी हिमानी, नाति हृदयेन्द्रसहित नुवाकोट आईपुगेका उनले आफ्नो भाकल पुरा भएको दाबी गर्दै फर्किएका हुन् । उनले भने−म केही बोल्दिन, तर मेरो भवानीसँग भाकल थियो, कतिपय पुरा भएको छ, केही पुरा हुँदैछन् । के भाकल थियो, त्यो भने स्पष्ट नबताएका उनले भने, −नुवाकोटको कल्याण होस् । नुवाकोटवासीको जय होस् । यसबाहेक ज्ञानेन्द्रले केही बोल्न चाहेनन् ।

 आफैंले गाडी हाँकेर आइपुगेका पूर्व राजा ज्ञानेन्द्र भ्रमण सकेपछि भने चालकको सहयोगमा फर्किएका थिए । पुजाआजा गर्ने क्रममा ज्ञानेन्द्रले पुजारीलाई मन्त्रोच्चारण गर्न लगाएर बिधिपुर्वक भए–नभएको पटक–पटक सोध्दै मन्दिरभित्रै बसेर पुजापाठ सकेका थिए ।

 भैरवी मन्दिरमा सपरिवार रहेपनि विदुर र बट्टारमा भने पूर्वराजामात्र सहभागी भएका थिए । शनिबार पौने एक बजे नुवकोट दरबार क्षेत्र पुगेका पूर्व राजा ज्ञानेन्द्र साततले दरबारबाट पैदल नै मन्दिरसम्म पुगेका थिए भने बट्टारमा पनि करिव एक किलोमिटर पैदल हिँडेर नागरिकहरुको स्वागत ग्रहण गरेका थिए । साथै उनले आफ्नो जयजयकार गरिरहेका नागरिकहरुको सुझाव संकलन गरेका थिए । सहभागीहरुले स्वागतसँगै उनको तस्वीर लिने तछाँडमछाड हेर्नलायक र रोचक थियो ।

 बट्टारमा पूर्व राजाको स्वागतको लागि ठूलो संख्यामा राजावादीहरुको सहभागीता रहेको थियो भने पुर्वराजालाई सक्रिय हुन आग्रह गर्दै नेपाली काँग्रेस र एमाले लगायत अन्य राजनीतिक दल निकट कार्यकर्ताहरुकोसमेत उल्लेख्य सहभागिता देखिन्थ्यो । उनीहरुले पुर्वराजालाई सक्रिय हुन आग्रह गर्दै उनको पक्षमा जयजयकार गदै ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ । राजा आऊ, देश बचाऊ ।

 श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह जिन्दावाद ।’ जस्ता नारा लगाएका थिए । पूर्वराजासँग नुवाकोटका सञ्चारकर्मीहरुको भेटघाटको कार्यक्रम स्थानीय आयोजकले राखेको भएपनि पूर्व राजाले आफू भवानीको दर्शनको लागि आएको भन्दै कुरा गर्न अस्वीकार गरे ।

 पत्रकारहरुले ‘हामी मिडियाकर्मी’ भनेपछि उनले ‘म भवानीको दर्शन गर्न आएको हो । देशमा फेरि अनिष्ट नहोस्, शान्ति छाओस् ।’ म यो भन्दा धेरै कुरा अहिले गर्दिन । हामी सबैको कल्याण होस्’ भन्दै बाहिरिएका थिए । पत्रकार भेटघाटका लागि छुट्टै व्यवस्था मिलाइएको भएपनि पूर्वराजा ज्ञानेन्द्रले करिव ३० सेकेन्डजति उभिएरै आफ्नो कुरा राखेका थिए । 

पूर्वराजाको नुवाकोटमा राप्रपा नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष समेत रहेका श्याम केसी नेतृत्वमा स्वागत गरिएको थियो । पूर्व राजा र पूर्व रानीलाई साततले दरबार नजिकैबाट ‘झल्लरी छाता’ ओडाएर मन्दिरसम्म पु¥याइएको थियो । 

मन्दिरको दर्शनपछि पूर्व राजपरिवारले नुवाकोट दरवार क्षेत्र नजिकै रहेको विदेशीद्धारा सञ्चालित होटेल फार्म हाउसमा गएर खाना खाएका थिए । फर्कने क्रममा भने ज्ञानेन्द्र एक्लै बट्टारबजारसम्म आएका थिए ।

0 comments

Write Down Your Responses