राजधानीमा ठुलो संख्यामा भारतीय सेना र प्रहरी परिचालित,तराईमा पनि बर्दीसहितका प्रहरी

काठमाडौं- मधेशवादी दलहरुसहितको ३० दलीय संघीय गठबन्धनले आइतबारदेखि गर्न लागेको सिंहदरवार घेराउ तथा प्रदर्शन कार्यक्रमको पूर्व सन्ध्यामा राजधानी छिर्ने प्रमुख नाका थानकोटमा बर्दीसहितका भारतीय प्रहरी पक्राउ परेका छन् ।

 साथै स्रोतका अनुसार केहीदिन अघिदेखि नै राजधानी काठमाडौंमा ठूलो संख्यामा भारतीय सेना र प्रहरीहरु सादा पोशाकमा प्रवेश गरेका छन् । उनीहरुलाई राजधानीका विभिन्न ठाउँमा परिचालन गरिएको स्रोतको दावी छ । ३० दलीय संघीय गठबन्धनले २ गतेदेखि अनिश्चितकालका लागि गर्ने भनेको सिंहदरवार घेराउ तथा प्रदर्शन कार्यक्रमकै अगाडि भारतीय सुरक्षाकर्मीहरु राजधानी किन भित्रिए भन्ने प्रश्न उठेको छ । 

त्यसैैगरी केही दिन यता भारतीय सुरक्षाकर्मीहरुले तराईका विभिन्न जिल्लामा समेत खुलेआम बर्दीसहित घुमिरहेको खबर आएको छ ।

0 comments

Write Down Your Responses