अचनाक दोलखामा ३९ जना अमेरिकी सेना आउने भएका छन्

दोलखा १७ जेठ - अमेरीकाबाट ३९ जना अमेरिकी सेना दोलखाको सुन्द्रावती गाविसमा आउने भएका छन् ।

सुन्द्रावतीमा रहेको कालिका उच्चमाविको भूकम्पबाट क्षति पुर्‍याएको भग्नावशेष हटाई विद्यालय व्यवस्थित बनाउनका लागी अमेरिकी टोली दोलखा जिल्लाको सुन्द्रावती आउने भएको हो । अमेरिकी सेनालाई नेपाली सेनाको दोलखामा रहेको रणभीम गण चरिकोटले समन्वय गर्नेछ। अमेरिकी सेनाले स्थानीयवासीलाई आफ्नो देशको सांस्कृतिक कार्यक्रम देखाउनेसमेत जनाएको छ । सेनाले पटकपटक गरी तीन चरणमा कार्य गर्ने उल्लेख गरेको छ।

,

0 comments

Write Down Your Responses