सलमानले विवाह गर्ने केटी यस्ती.. !(फोटोसहित)

२७ बैशाख | बलिउड सलमान खानले विवाह गर्न लागेको चर्चाले तातेको छ। बलिउडका सवै भन्दा चर्चित अविवाहित सुपरस्टार सलमानको विवाहको बारेमा चर्चा हुनु अस्वभाविक पनि होइन्। यसअघि पनि थुप्रै नायीका र मोडलसंग सलमानको अफेयर र विवाहको विषयमा समाचार आउने गरेका हुन् ।

 तर यसपटक भने सलमान खान विवाहको विषयमा निकै गम्भिर रहेको बताइन्छ । यसपटक सलमान खानको विवाहको कुरा रोमानियाकी टेलिभिजन नायीका लुलिया भन्तुरसंग हो। बलिउडका सबैभन्दा पाका ब्याचलर अर्थात अविवाहित कलाकारकोरुपमा गनिन थालेका अभिनेता सलमान खानलाई अहिले सम्म कति युवतीले विवाहको प्रस्ताव राखे त्यसको हिसाव छैन । उनले रोमान्स नगरेका सुन्दरी बलिउडमा दुर्लभ नै छन् ।

 1 एक भारतीय अनलाइनका अनुसार सलमान खानले यो वर्ष भने विवाह गर्ने भएका छन् । सलमानले आफ्नी विदेशी गर्ल फ्रेण्ड लुलिया बन्तुरसँग विवाह गर्ने तयारी गरिरहेको उक्त अनलाइनको दावी छ । सलमान खानले आफ्नी आमा सलमाको इच्छा अनुसार विवाह गर्ने भएका हुन् । 

विरामी रहेकी सलमाले छोरालाई घरजम गरेको हेर्न चाहेपछि सलमानले आमाको इच्छा पुरा गर्ने संकेत दिएको उक्त अनलाइनको दावी छ । सलमानले लुलियालाई करिब दुइ वर्ष अघि भेटेको बताइएको छ ।

त्यसयता सलमान लुलियासंग निरन्तर सम्पर्कमा थिए। तर केही हप्ता यता भने सलमानलाई मानिसहरुले लुलियसंग दर्जनौ पटक होटलमा संगै बसेको देखेका छन्।सलमानका पिता सलिम खानले सलमानले विवाह गर्न नलागेको र लुलिया साथी मात्रै भएको बताएका छन्।

 तर सलमानले लुलियाको विषयमा केही नबोलेपछि विषय गंभिर बनको हो। सलमान यसअघि संगिता बिजलानी, सोमी अली, एस्वर्या राय र क्याट्रिन कैफसंग पनि जोडिएका थिए।

0 comments

Write Down Your Responses