राजधानीमा जोनसोन थकाली रेष्टुरेन्ट र माया गुरुङको घरबाट जुवाडेहरु रंगेहात पक्राउ
काठमाडौं १७ जेठ - सोह्रखुट्टेस्थित जोनसोन थकाली रेष्टुरेन्ट र माया गुरुङको घरबाट १२ जना जुवाडेहरु पक्राउ परेका छन् ।
आइतबार साँझ ५ बजेतिर उनीहरुलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा आफ्नै घरमा तास खेलाउने माया गुरुङ, राम राई, अनुज थापा, राजु श्रेष्ठ, रिना लामा, योङ डंगोल र थकाली रेष्टुरेन्टबाट प्रेम लामा, राम मगर, कृष्ण मानन्धर, शान्ता श्रेष्ठ, पन्च लामा, एक बहादुर मगर र प्रेम महत रहेको सोह्रखुट्टेका डिएसपी सोमेन्द्र सिंह राठौरले बताए । उनीहरुको साथबाट प्रहरीले ६५ हजार पाँच सय नगदसहित ६ थान तास बरामद गरेको छ ।


0 comments
Write Down Your Responses