आशिषको पोलीग्राफ भोलि गरिने, मनिषाको पोष्टमार्टम रिपोर्ट आउन २ दिन लाग्ने

६ जेठ, नवलपरासी । फुटबलर विमल घर्ती मगरकी बहिनी महिषाको हत्या आरोपमा पक्राउ परेका आशिष चौधरीको पोलिग्राफ भोलि सोमबार मात्र गरिने भएको छ । 

पोलिग्राफीको टोली वालि·मा रहेकोले भोलि विहान पहिलो चरणमा पोलिग्राफ गरिने जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाले बताए । त्यसै पोष्टमाटर्म सम्बन्धि विस्तृत रिपोर्ट आउन अझै दुई दिन लाग्ने भएकोछ ।

 पोष्टमार्टमका लागि खटिएका डा. काम विशेषले बाहिर रहेको कारण विस्तृत रिपोर्ट आउन दुई दिन लाग्ने भएको सापकोटाले बताए ।

 मनिषाको हत्यामा संलग्न रहेको आशंकामा प्रक्राउ परेको उनका प्रेमी आशिष भन्ने रुद्र नारायण चौधरीले अझै पनि आफूले प्रेमिका मनिषाको हत्या नगरेको दाबी गरेका छन् । आशिष अझै जिल्ला प्रहरी कार्यालयमा प्रहरीको नियन्त्रणमा छन् ।

0 comments

Write Down Your Responses