सलमानको बिहेको ‘डेट फिक्स....
५ जेठ । अन्ततः बलिउड नायक सलमान खान यसै बर्ष बिवाह गर्ने भएका छन् । पछिल्लो समयमा प्रेमीका लुलिया वंतूरसँग सार्वजनिक कार्यक्रमहरुमा नै सँगै देखिन थालेपछि छिट्टै उनले बिहे गर्नसक्ने चर्चा चलेको थियो । टाइम्स अफ इंडियाका अनुसार सलमानको बिहे जन्म दिनमै अर्थात २७ डिसेम्वरमा हुनगैरहेको छ ।
पारिवारीक श्रोतको हवला दिर्दै टाइम्स अफ इन्डियाले सलमानको आमाले डेट फिक्स गरेको बताएको छ ।
लुलिया पछिल्ला दिनहरुमा सलमानसँग मात्र होईन । सलमानको पूरै परिवारसँगै नजिक भैरहेकी छिन् ।
केहि दिन पहिले मात्र उनी सलमानको आमाको हात समाउदै एक मन्दिरमा देखा परेकी थिईन् ।
लुलियाको यो दोश्रो बिबाह हुनेछ । उनले पहिलो श्रीमान्सँग सम्बन्ध बिच्छेद गरिसकेकी छिन् । यता सलमान लुलियाको कतिऔं प्रेमी होलान् ? यसको अनुमान लगाउन बलिउड मिडियाले सकेका छैनन् । समग्रमा सलमानको चर्चित प्रेम किस्सामा ऐश्वर्या राय र कैट्रिना कैफ अगाडि आउदछन् । अनलाइन चौतारीबाट


0 comments
Write Down Your Responses