वैज्ञानिक भन्छन्, ‘सगरमाथा विश्वकै अग्लो शिखर होइन’ अजाको निउस

काठमाडौं – सगरमाथा विश्वकै अग्लो हिम शिखर होइनभन्दा तपाईलाई आश्चर्य लाग्ला । तर विश्वमा भएको नयाँ खोजपछि अहिले सगरमाथाभन्दा अग्लो हिमालको चर्चा छ । 

द इन्डिपेन्डेन्ट मा छापिएको रिपोर्टमा भनिएको छ, इक्वेडरको चिमवोराजो हिमाल सगरमाथाभन्दा अग्लो रहेको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् । वैज्ञानिकहरुका अनुसार सगरमाथाबाट अन्तरिक्षको दूरी जति टाढा छ । चिमवोराजोबाट त्यति टाढा छैन् ।

 त्यसैकारण पृथ्वी र अन्तरिक्षबीचको दूरीलाई आधारमान्दा चिमवोराजो अग्लो हुन आउँछ । तर परम्परागत मापदण्डमा अझै पनि सगरमाथा नै विश्वको सर्वोच्च शिखर हो । सगरमाथा समून्द्री सतहबाट झण्डै ९ हजार मिटरमाथि छ ।

 जसको अर्थ यो आफ्ना प्रतिस्पर्धी हिमालभन्दा धेरै अग्लो हो । पृथ्वीको अनौठो आकारका कारण इक्वेडरको हिमालबाट अन्तरिक्ष नजिक हुन गएको हो । तर समून्द्री सतहबाट नाप्दा सगरमाथालाई चुनौति दिने अर्को हिमाल विश्वमा छैन् । 


 जसका कारण यो हिमाल समून्द्री सतहबाट नाप्ने हो भने सगरमाथाभन्दा निकै छोटो हुन आउँछ । त्यसैले यो हिमाल सगरमाथाको विश्वकिर्तिमानी उचाई छेउछाउ समेत पुग्दैन ।

 पृथ्वीको सबै भूभाग उस्तै नभएका कारण यस्तो देखिएको हो । यि सबै तथ्यहरुका बाबजुद सगरमाथा विश्वकै अग्लो र आरोहणका लागि सर्वाधिक कठीन हिमाल रहेकोमा भने कुनै विवाद छैन् ।


0 comments

Write Down Your Responses