१५ महिनाको बालकसहित आमाको हत्या, जेठाजु–जेठानीमाथि शंका
दाङ – सल्यानमा ४ जनाको सामूहिक हत्या गरेको केही समय वित्न नपाउदै त्यो संग सिमाना जोडीएको रुकुमको खारा गाविस ८ मा नाबालक सहित आमाको हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जेठाजु नन्दराम वली, देवर खम्बु वली र जेठानी दिदी (नाम खुलेको छैन्) रहेको अंचल प्रहरी कार्यालय राप्ती तुलसीपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिएका छन् ।
सोही गाविस निबासी ३२ बर्षिया गीता वली र उनका पन्ध्र महिनाका नाबालक छोरा अमरको धारीलो हतियार प्रयोग गरि हत्या गरेको आरोपमा उनीहरुलाई प्रक्राउ गरिएको प्रहरीले बताएको छ ।
ढोकामा बाहिरबाट ताल्चा लगाए पनि घरभित्रबाट गन्ध आउन थाले पछि स्थानीयले प्रहरीलाई खबर गरेपछि घटनाको खुलासा भएको थियो ।
श्रीमान भारतमा कमाउन गएको मौका छोपी अंश विवादका कारण सम्पति कुम्ल्याउन हत्या गरिएको हुन सक्ने रुकुमका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्प श्रेष्ठले जानकारी दिए ।
आमा र छोराको टाउको र खुट्टामा धारीलो हतियार प्रहार गरि विभत्स हत्या गरेको अबस्थामा शव भेटिएको थियो । उनीहरुको हत्या तीन÷चार दिन अघि नै भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनाको जानकारी पाए लगत्तै मृतक गिताका श्रीमान जोगी वली घर फर्कीसकेका छन् ।
आरोपीलाई म्याद थप गरि अनुसन्धान थालेको छ ।
जाँड खादा महिलाको मृत्यु
यस्तैगरी घरमा उत्पादन गरिएको अवैध जाँड खादा रुकुममा एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मुसीकोट नगरपालीका ३ निबासी ३५ बर्षीया प्रेमा खड्का रहेको प्रहरीले बताएको छ ।
घरमै उत्पादन गरिएको जाँड खाँदा बिरामी परेका ३ जना मध्य प्रेमाको मृत्यु भएको प्रहरीले बताएको छ ।
जाँड बनाउन प्रयोग गरिने वस्तुमा विषादी धेरै परेका कारण जाँड खाए पछि उनको मृत्यु भएको हुन सक्ने रुकुम प्रहरीले बताएको छ ।
जाँड खाए लगत्तै बिरामी परेका सोही ठाउँ निबासी ४५ बर्षीया लालकुमारी खत्री र बर्ष ४२ का शषिराम चौधरी उपचार पछि घर फर्किएका छन् ।


0 comments
Write Down Your Responses