अब नेपालमै पानीजहाज चलाएर देखाउँने प्रधानमन्त्रीले (हेर्नुस भिडियोसहित)


४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरिने दावी गरेका छन् । 

भिडियो हेर्नुस्

                               

चालु आर्थिक वर्षको वृद्धि १ प्रतिशत भन्दा तल खुम्चिने अनुमान गरिएकामा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष कम्तिमा ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गरेर देखाउने दाबी गरे । मंगलबार काठमाडौमा अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठक उद्घाटन गर्दै कम्तिमा ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्नका लागि सरकारले घरघरमा रोजगारी सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिए । उनले आगामी आर्थिक वर्षलाई आर्थिक समृद्धि र उन्नतिको प्रस्थान वर्ष बनाइने बताए । 

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले बजेटमार्फत वाहीवाही बटुल्ने कार्यक्रम ल्याउने सुईंको पाएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकार ढाल्ने प्रयासमा लागेको आरोप लगाए । उनले नीति तथा कार्यक्रममा आलोचना गर्ने ठाउँ फेला नपारेर काँग्रेसले महत्वाकांक्षी कार्यक्रम भनेर विरोध गरेको भन्दै सरकार ढाल्ने कांग्रेसको प्रयासलाई सफल हुन नदिने प्रष्ट पारे । 

हिन्द र प्रशान्त महासागरमा नेपाली पानीजहाज उनले कांग्रेसको विरोधका वाबजुद काठमाडौ-तराई फास्ट ट्रयाक सरकारको लगानीमा बनाउने भन्दै केही वर्षभित्र नेपालमा पानीजहाज चलाएर देखाउने उदघोष गरे । उनले सामान ढुवानी गर्न नयाँ नाका खोलिने बताउँदै केही समयपछि सरकारले बन्दरगाह आफैं लिने र सञ्चालन गर्ने पनि जानकारी गराए । ‘हामी आफैं पानीजहाज किन्छौं र तीन दिनमा सामान नेपाल भित्र ल्याउँछौं,’ उनले भने, ‘हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज गुड्ने छन् ।’

,

0 comments

Write Down Your Responses