सिंहदरबार घेराउका कारण मोटरसाइकललाई रोक्न खोज्दा नसकेका महिला ट्राफिक प्रहरी तीनै मोटरसाइकल एकछिनपछि लुरुक्क पर्दै फर्किंदा मनमनै खुचिङ भन्थे फोटो फिचर 
जेठ, काठमाडौं । संघीय गठवन्धनले गरेको सिंहदरबार घेराउका कारण सवारीसाधनहरुलाई सोमबार पनि दिनभरी सास्ति भयो । यी दृष्यहरु सिंहदरबारको पश्चिम गेट अगाडिका हुन् । 
त्यहाँ आज महिला ट्राफिक प्रहरी तैनाथ थिए । उनीहरुलाई नटेरेर दिनभरजस्तो मोटरसाइकलहरु माइतीघर वरसम्म पुग्ने र फर्किने गरिररहे । माइतीघरमा आन्दोलनकारीको ठूलो अवरोध थियो र ट्राफिक प्रहरीले वरैबाट सवारीसाधन रोकिरहेका थिए । 
भद्रकाली र पुतलीसडक तिरबाट आएका मोटरसाइकललाई रोक्न खोज्दा नसकेका महिला ट्राफिक प्रहरी तीनै मोटरसाइकल एकछिनपछि लुरुक्क पर्दै फर्किंदा मनमनै खुचिङ भन्थे । गाडी चालकहरु भने सिंहदरबारबाट अघि बढ्ने हिम्मतै गरेनन् । 
 हेरौं सिंहदरबार अगाडिका केही तस्बिरः
 









0 comments
Write Down Your Responses