यस्तो छ २४ घण्टा ब्रा लगाउनुको बेफाइदा जानीराखौ
एजेन्सी - हरेक महिलालाई आफ्नो भित्री बस्त्रको चिन्ता हुन्छ । आफ्नो शरीरलाई सुन्दर देखाउन होस वा स्वास्थ्यको दृष्टिले होस महिलले भित्री बस्त्रलाई महत्व दिनै पर्छ ।
महिलाले लगाउने ब्रा शरीरको साइज अनुरुप नै हुनपर्ने बिज्ञहरु बताउँदै आएका छन् ।
प्राय महिलाहरुले सानो कपको ब्रा लगाउँदा छाती लामो समयसम्म टाइट रहने र २४ घण्टा ब्रा शरीरमा लगाउनु आवश्यक हो भन्ने सोच्छन् । तर यी दुबै धारणा एकदम गलत छ ।
२४ घण्टा ब्रा लगाउँदा महिलालाइ खतरा पनि हुन सक्छ ।
यसको बेफाइदा निम्न छन् ।
छाती दुख्ने –जो महिलाले दिनभर ब्रा लगाउँछन् प्राय उनीहरुलाइ छाती दुख्ने समस्या हुन्छ । आफ्नो साइजको ब्रा नलगाउनेलाइ पनि यो समस्या हुन्छ ।
रक्त संचारमा प्रभाव–२४ घण्टा ब्रा लगाउँदा रक्त सन्चार प्रक्रियामा बाधा पुग्छ ।
ब्रा टाइट हुँदा कहिलेकाहीँ ब्रेस्ट कोषपनि नष्ट हुन सक्छ ।
ढाड दुख्ने–दिनभर ब्रा लगाउने महिलालाई ढाड दुख्ने समस्या हुन्छ । खासगरि छोटो साइजको र टाइट ब्रा लगाउने महिलालाई यो समस्या हुन सक्छ ।
छालामा एलर्जी–२४ घण्टा ब्रा लगाँदा छालामा समस्या हुन सक्छ । कहिले चिलाउने कहिले पोल्ने र कहिल असहज महसुस हुने हुन्छ ।
छाला डढ्ने–२४ घण्टा ब्रा लगाउने महिलाको छाला डढ्ने समस्या हुन सक्ने खतरा रहन्छ ।
किटाणु फैलने–हरेक समय ब्रा लगाउँदा शरीरमा चिल्लोपना कायम रहने हुनाले किटाणु फैलने समस्या रहने सम्भावना रहन्छ ।


0 comments
Write Down Your Responses