दाइजोमा नम्बरी जग्गा नपाएको निहुमा बिहे नै भाँडने बेहुला र उनका बुबा घर छाडेर फरार भएका छन्

वीरगञ्ज- दाइजोमा नम्बरी जग्गा नपाएको निहुमा बिहे नै भाँडने बेहुला र उनका बुबा घर छाडेर फरार भएका छन्। पर्साकै लखनपुर-४ घर भएका बेहुली सुनिताका बुबा मथुरा साहले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएपछि बेहुला र उनका बुबा दुवै जना फरार भएका हुन्। 

पर्साका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बेहुला पक्षका बाबु र छोरा दुवैले घर छाडेको बताए। उनले भने, ' बेहुली पक्षले प्रहरीमा उजूरी दिएपछि बेहुलाका बाबु र छोरा दुवै घर छाडेका छन्। उनीहरुको खोजीका लागि प्रहरी परिचालन गरेका छौ।' नम्बरी जग्गामा दाइजो नपाएको निहुमै पर्साको महुवन गविस वडा नम्बर ३ का हरिशंकर साह र उनका बुबा गणेश साहले धम्की समेत दिएका थिए। फरार यता, घटनाका बारेमा जानकारी पाएपछि पीडित पक्षलाइ मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा बोलाएर उजुरी लिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए। उपरीक्षक श्रेष्ठले भने, 'पीडित पक्षको गुनासो सुन्यौ, त्यसपछि उजुरी लिने काम भयो, पीडकलाई पक्रन हामीले प्रहरी परिचालन गरिसकेका छौं।' मथुराकी छोरी सुनिता साहको विहे गणेशका छोरा हरिशंकर साहसँग वैशाख १७ गते हुने शुभ साइत तय भएको थियो। 

दाइजोमा कबुल गरिएको बेहुली सुनिताका बुबा मथुराले बेहुला हरिशंकरका बुबा गणेशलाई नगद ५० हजार रुपैया बिहेको एक हप्ता अगाडि नै बुझाइसकेका थिए। तर दाइजोमा खेत नपाएको निहुँमा बेहुला पक्षले जन्ती लिएर नगएपछि सुनिता र हरिशंकरको विहे नै भाँडिएको थियो। बिहे भाडिएपछि मथुराले प्रहरीमा दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यलय पोखरीयामा गत आइतबार प्रहरीको रोहबरमा पञ्चायती बसेको थियो। पञ्चायतीमा दाइजो नपाएको निहुमा बिहे भाँडने बेहुला पक्षलाइ कारबाहीको साटो अगुवाहरुले उल्टै पीडित बेहुली पक्षलाइ मिलापत्र गर्न दबाब दिएका थिए।

,

0 comments

Write Down Your Responses