श्रीमान तथा सासु ससुराले मानसिक यातना दिए पछि घर छाडेर हिँडेकी एक महिलाले आफनै दुई नाबालिका छोरीको हत्या गरेकी छन् ।

वीरगन्ज- श्रीमान तथा सासु ससुराले मानसिक यातना दिए पछि घर छाडेर हिँडेकी एक महिलाले आफनै दुई नाबालिका छोरीको हत्या गरेकी छन् ।

 कलैया नगरपालिकाको बरेवाका विजय साह कानुकी श्रीमती सबिता देवीले आफना छोरीहरु चार बर्षीया काजल र अढाइ बर्षीया अनिताको हत्या गरेकी हुन्।

 भेडियाहीमा अवस्थित शम्सानघाट नजिक रहेको सिंगहा नदिको पानीमा मङगलबार साँझ सबिता देवीले दुवै छोरीलाई डुबाएर हत्या गरेकी हुन् । 

 छोरीहरुको हत्या पछि सबिताले पनि आत्महत्याको प्रयास गरेकी थिइन् ।

 गाँउलेले देखेपछि उनलाई आत्महत्या गर्नबाट रोकेका थिए । महिलाले दुई नाबालिकालाई पानीमा चोबलेको देखेपछि उनले अन्य गाँउलेहरुलाई खबर गरेका थिए ।

0 comments

Write Down Your Responses