प्रेमीको चिहानमा गएर प्रेमिकाले विष सेवन गरेपछि....

डिसीनेपाल डटकम – भनिन्छ माया प्रेम अन्धो हुन्छ, प्रेम गर्नेहरुले दुनियाको प्रवाह गर्दैनन् । यस्तै उदाहरण बनेका छन् भारत उत्तर प्रदेशका एक प्रेम जोडी । उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा बस्ने बाले बरखा र दानिश एक अर्कालाई खुब माया गर्थे । दुई भिन्न धर्मका यो जोडीले सँगै बाँच्ने सँगै मर्ने कसम खाएका थिए ।

 तर युवतीको अर्कै केटासँग परिवारले विहे पक्का गरिदिएपछि युवकले विष सेवन गरेर आत्महत्या गरे । मुजफ्फरनगरका २५ वर्षीय युवक दानिशले मे १७ तारिकका दिन विष खाएर हत्या गरे तर त्यसकै भोलिपल्ट बरखा नामकी युवतीले पनि युवकको लाश गाडेको ठाउँमा गएर विष सेवन गरिन् ।

 युवतीलाई खोज्ने क्रममा पुलिसले वेहोस् अवस्थामा फेला पारेको थियो । विष सेवन गरेर बेहोस् अवस्थामा भेटिएकी युवती अहिले मुजफ्फनगर जिल्ला अस्पतालमा जिन्दगी र मृत्युको बीच लडिरहेकी छिन् ।

 ती वर्ष पहिले भेटेका थिए दानिश र बरखा पुरकाजी निवासी २५ वर्षीय दानिश कामको सिलसिलामा ज्वालापुर क्षेत्रमा जुत्ता, चप्पल बेच्ने काम गर्थे । यसै क्रममा उनको भेट बरखासँग भएको थियो । विस्तारै विस्तारै आफूहरुको भेट प्रेम सम्बन्धमा पुराएका यो जोडि एक अर्का विना बाँच्ने नसक्ने भएका थिए । बरखाले आफ्नो पहिलो पतिलाई छोडेर बसेकी थिइन् । पहिलो पतिबाट उनकी चार वर्षीय छोरी पनि रहेको छ । 

तर बरखाको परिवारले उनको दोस्रो विहे अन्त नै पक्का गरिदिएको खबर पाएपनि दानिशले विष सेवन गरेर आत्महत्या गरेका हुन् । यो घटनाको पूर्ण विवरण भारतीय अनलाईन पत्रिका आजतकमा उल्लेख छ ।

0 comments

Write Down Your Responses