५ महिनामै ५ हजार नेपाली कामदार काेरियामा, ५ हजार १६१ नेपाली कामदारको श्रम सम्झौता प्राप्त

काठमाडौं जेठ ५ - ईपीएस कोरिया शाखाका अनुसार सन् २०१६को मे १७ सम्म कोरिया जान योग्य सूचीमा रहेका मध्ये ५ हजार १६१ नेपाली कामदारको श्रम सम्झौता प्राप्त भएको हो । 

वर्षमा ५ हजार देखि ६ हजारसम्म नेपाली कामदार जान्छन्, तर यो वर्षको ५ महिना नपुग्दै ठूलो संख्यामा कामदारको श्रम सम्झौता भएको हाे । इपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले छोटो समयमै नेपाली कामदारलाई बढी श्रम सम्झौता दिनु भनेको काेरियाले बढी प्राथमिकतामा राखेको बुझिएको जनाए । उनले नेपालको निरन्तर पहलका करण यो सम्भव भएको बताए । 

सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन सुरु गरेको हो । हालसम्म दक्षिण कोरियामा ईपीएसमार्फत ४० हजार नेपाली कामदार पुगिसकेका छन् । आजको कारोबार दैनिकमा खबर छ ।

,

0 comments

Write Down Your Responses