मनीषाको पोष्टमार्टम रिपोर्ट आयो
जेठ १८, काठमाडौं । जेठ १३ गते बिहिबार नवलपरासी बर्दघाट भुताहाकि मनिषा घर्ति मगरको पोष्टमार्टमको रिपोर्ट आएको छ ।
घरमा एक्ली रहेकी मनिषा बिहान मृत अवस्थामा भेटिएपछि उनको हत्या हो या आत्महत्या हो भन्ने बारे रहस्य खुल्न सकेको थिएन ।
‘अस्पतालले बुझाएको पोष्टमार्टम रिपोर्ट खामबन्दी छ, शिक्षण अस्पतालमा हामीले पठाएका प्रहरीलाई त्यो हेर्ने अधिकार छैन,’ नवलपरासीका मुद्दा शाखाका प्रहरी निरीक्षक प्रकाश सापकोटाले भने, ‘उनीहरुले हामीलाई बुझाएपछि त्यसमा के छ भन्छौं।’
शिक्षण अस्पताल फोरेन्सिक विभाग प्रमुख डा। हरिहर वस्तीका अनुसार मनिषाको पोष्टमार्टम रिपोर्टमा ठ्याक्कै आत्म हत्या र हत्या खुल्न सकेको छैन ।
उनका अनुसार घाँटीमा प्रेसरका कारणले मृत्यु भएको देखिएको छ । मनिषाको गालामा सानो चोट लागेको र घाँटीमा २५ सेन्टिमिटरको डाम रहेको छ,
डाम सलको आकारसँग मिल्दोजुल्दो छ । उनी आफैं झुण्डिइन् वा अरूले झुन्डायो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गर्ने शिक्षण अस्पताल फोरेन्सिक शाखाले जनाएको छ। फोरेन्सिक शाखाका डाक्टर हरिहर वस्तिका अनुसार मनीषाको घाँटीमा प्रेसर मार्कु देखिएको छ।
प्रहरीले उनको प्रेमी आशिष भन्ने रुद्रनारायण चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। चौधरीले मनीषासँग सामान्य विवाद भएको तर उनको हत्या आफूले नगरेको बताउँदै आएका छन्। प्रहरी नियन्त्रणमा रहेका चौधरीको आज पोलिग्राफ टेष्ट पनि गराइएको छ। विहान ८ बजेदेखि १ बजेसम्म चौधरीको पोलिग्राफ टेष्ट गराइएको प्रहरी निरीक्षक सापकोटाले बताए।


0 comments
Write Down Your Responses