राजु तामाङ सर्वोत्कृट खेलाडी, २५ लाख पाए

जेष्ठ १८, २०७३- राजु तामाङ सर्वोत्कृट खेलाडी घोषित भएका छन् । 

 अखिल नेपाल फुटलब संघ (एन्फा)ले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । उनी त्रिभूवन आर्मीका खेलाडी हुन् । 

 एन्फाले यसअघि सर्वोत्कृष्ट खेलाडीलाई अपार्टमेन्ट दिने घोषणा गरेको थियो । तर, भूकम्पपछि खेलाडीले अपार्टमेन्टमा रुचि नदेखाएपछि नगद दिइएको हो ।

 कार्यक्रममा भारतमा भएको साग खेलकुद र बंगबन्धु कपमा विजेता खेलाडीलाई ५–५ लाख रुपैयाँ गरि जनही १० लाख रुपैयाँ प्रदान गरिएको छ । 

सागमा उपविजेता नेपाली महिला टिमका खेलाडीले पनि जनही १ लाख रुपैयाँ पाएका छन् । 

 कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई वर्षपपछि नेपालमा हुने साग खेलकुदको तयारी सुरु गर्न आग्रह गरे । 

‘पैसाका कारण कुनै तयारी रोकिंदैन,’ उनले भने, ‘तयारी सुरु गरिहाल्नुस् ।’

0 comments

Write Down Your Responses