परिवार सम्हाल्ने जिम्मा लिएर बसेका महिला यसकारण मृत्यु रोज्न बाध्य हुन्छन्
काठमाडौं–श्रीमान विदेशमा रहेको बेला ससुराको बात लागेपछि खोटाङ, महादेवस्थानकी सानु परियारले वर्ष दिनअघि हात्महत्या गरिन् ।
पैसा कमाउन मलेसिया गएको श्रीमान १० वर्षसम्म सम्पर्कविहिन बनेको तनाव र समाजका बात सहन नक्सदा परियारले घरकै शौचालयमा बिष सेवन गरेर आत्महत्या गरेकी थिईन ।
उनको मृत्युपछि ३ जना बालबच्चाको बिचल्ली भएको छ।
श्रीमान कतारमा रहेकै समय नेर्पाकी एक महिलाले विष सेवन गरिन ।
स्थानीयका अनुसार श्रीमानसँग उनको बेलाबेलामा फोनमा नै झगडा हुने गरेको थियो ।
सदरमुकाम दिक्तेलबाट घर फर्कने क्रममा बाटैमा विष सेवन गरीकी महिलाको शव मुखमा औंला हालेको अवस्थामा भेटिनुले आवेगमा विष सेवन गरेपछि बान्ता गर्ने प्रयास गरेको देखिएको प्रत्यक्षदर्शीको भनाई छ ।
श्रीमान विदेशमा रहेको बेला बात लगाउने र कुरा काट्नेको हद नाघेपछि च्यास्मीटारकी राई थरकी एक महिलाले हाम फालेर जीवनलिला समाप्त गरिन् ।
परिवार सम्हाल्ने जिम्मा लिएर बसेका महिला आफन्तकै आक्षेपका कारण मृत्यु रोज्न बाध्य छन् । आजको नागरिक दैनिकमा खबर छ ।


0 comments
Write Down Your Responses