भारतीय प्रहरीको ज्यादती : मागेजति घुस नपाएपछि नेपाली चालकमाथि कुटपिट

काठमाडौँ- मागेजति घुस नदिएको भन्दै भारतीय प्रहरीले नेपाली ट्यांकर चालकलाई कुटपिट गरेका छन् । एक सातायता आठ ट्यांकरचालक भारतीय प्रहरीबाट कुटिएका छन्। नेपाल ट्यांकर चालकले इन्डियन आयल कर्पोरेसनको बरौनी र रक्सौल डिपोबाट रक्सौल नाका हुँदै इन्धन ल्याउँछन् ।

 भारततर्फ रक्साैल बजार नजिकैको लक्ष्मीपुर चौकीका भारतीय प्रहरीले मागेजति घुस नपाएपछि ट्यांकरचालकलाई कुटपीट गर्ने गरेको नेपाल आयल निगम अमलेखगंज डिपो प्रमुख खिलेन्द्र कार्कीले जानकारी दिए। प्रतिट्यांकर ५ सय नदिँदा कुटपिट गर्ने गरेको चालकहरुले बताएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses