श्रीमान विदेशमा-नाठो संग भाग्न घरमा आगो लगाएर दुई बालबालिकाको हत्या

बागलुङको बोहोरा गाउँमा आगलागीमा परी मृत्यु भएको भनिएका दुई बालबालिकाको हत्या भएको रहस्य खुलेको छ । 

 गत वैशाख १४ गते साँझ बोहोरा गाउँ ७ सानो जिरी स्थित हेमबहादुर घर्तिको घर गोठमा आगलागी हुँदा उनका ६ बर्षीया नातिनी समून्द्रा घर्ति र ३ बर्षीय नाति मनोज घर्तीको ज्यान गएको थियो । 

 घटना पछि गाउँमा चर्चा र बिदेशमा रहेका मृतक बालबालिकाका बाबुको आशंकाका आधारमा अनुसन्धान गर्ने क्रममा आगलागी भवितव्य नभई नियोजित भएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

 बालबालिकाको नियोजित हत्या आरोपमा मृतककी आमा २३ बर्षीया कमला घर्ती र अनैतिक सम्वन्धमा रहेका देविस्थान ४ का २२ बर्षीय भिमबहादुर भण्डारीलाई प्रहरीले बुर्तिबाङबाट पक्राउ गरेको छ ।

 भण्डारी नाताले कमलाका नजिकका देवर पर्छन् । कमलाका श्रीमान सन्तबहादुर केही बर्षदेखि मलेसियामा रोजगार गर्दै आएका थिए । पक्राउ परेका भण्डारीले बिहे गर्ने योजनामा बाधा देखिएकाले दुई बालबालिकाको घाँटी च्यापेर हत्या गरेको स्वीकार जिल्ला प्रहरी कार्यालय बागलुङमा आयोजित पत्रकार सम्मेलनमा स्वीकारे ।

 बच्चाहरुको मृत्यु भइसके पछि घरको ढोकाबन्द गरी गहुँको नलल्याएर घरमा आगो लगाएर गाउँलेलाई गुहार मागेको उनले बताए ।

 जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक चक्रबहादुर सिहंले अनैतिक सम्वन्धले भाग्ने योजनाका साथ बालबालिकाको हत्या भएको अनुसन्धानबाट खुल्न आएको बताउनुभयो । प्रहरीले घटनाबारे थप अनुसन्धानकालागि बिहीवार जिल्ला अदालत बागलुङबाट १० दिनको म्याद थप गरेको छ ।

0 comments

Write Down Your Responses