आत्महत्या गर्न सिंहको खोरमा नांगै खसेपछि…..
चिली। सुसाइट नोट लेखेर एक व्यक्ति आत्महत्याका लागि चिडियाखानाको सिंहको खोरमा नांगै खसेका छन्। उक्त व्यक्तिलाई बचाउनका लागि चिडियाखाना प्रशासनले दुई वटा सिंहलाई गोली हानि मारेको छ।उनको अवस्था चिन्ताजनक रहेको अस्पताल प्रशासनले जनाएको छ।महानगर पार्क चिडिया घरका निर्देशक मौरिसियो फेब्रीका अनुसार उक्त व्यक्तिको बाहिर रहेको कपडामा ‘सुसाइट नोट फेला परेको छ।
शनिबार दिउँसो भीडभाड भएको बेला सिंहको खोरमा उक्त व्यक्ति आत्महत्याका लागि भन्दै नांगै झरेका थिए।
मान्छे खस्ने बित्तिकै दुई वटा सिंहले आक्रमण गरेका थिए। लगत्तै चिडियाखानका मान्छेले मानिसको ज्यान बचाउनु ठूलो कुरा भन्दै सिंहलाई गोली हानेर मारेका थिए।


0 comments
Write Down Your Responses