प्रेमगीत’ हिरो भन्छन्-‘पूजाले फेसबुकबाट ब्लक किन गरिन्, उनले नै जानुन्’

चलचित्र ‘प्रेमगीत’वाटै एकाएक चर्चामा आएका नायक हुन्, प्रदिप खड्का । गत वर्षको मंसिरवाट उनको चर्चा चुलिएको हो । जतिवेला चलचित्र ‘प्रेमगीत’को शिर्ष गित सार्वजनिक भएको थियो ।

 चलचित्र पर्दामा आउन नपाउँदै उनी चर्चित वनिसकेका थिए । देशमा मात्र नभएर विदेशमा वस्नेहरुको विचमा पनि उनको क्रेज निकै वढिसकेको छ । चार दिन देखि उनी मलेसियामा छन् , चलचित्र प्रर्दशनको लागि । यति नै वेला सोहि चलचित्रकी नायिका पूजा शर्माले नायक प्रदिपलाई फेसवुकबाट गरेकी छिन् भने निर्माता सन्तेाष सेन र ओभरसिज राईट लिएका सुवास सिंह ठकुरीलाई अनफ्रेण्ड गरेकी छिन् ।

 ब्लक गरेको भएपनि पुजालाई प्रदिपको केहि भन्नु छैन । ‘किन व्लक गरिन् मलाई केही थाहा छैन । म देश बाहिर छु । मिडियाहरुमा आएपछि मात्रै मैले पनि थाहा पाएँ । एउटै चलचित्रमा खेलेका थियौ, खै किन ब्लक गरिन् उनै जानुन् ।’ प्रदिपले भने । उनले नयाँ चलचित्रका लागि धेरै अफरहरु आए पनि कुनैमा संझौता नगरेको बताए । उनले ‘प्रेमगीत’ हिट भएपछि आफूले धेरै रकम डिमाण्ड गरेको भन्ने खबरलाई पनि झुट भनेका छन् । 

उनले आफूलाई राम्रा नेपाली चलचित्र खेल्ने इच्छा भएको बताए । चलचित्र ‘प्रेमगीत’को ओभरसिज प्रदर्शनका लागि महिना भन्दा बढी दिनबाट विदेशमा रहेका प्रदिपको खोजी नेपालमा त भैरहेको छ । तर, उनी विदेशमा अझै कती बस्छन् एकिन छैन । कतै विदेशमा बस्दा बस्दै उनको खोजी नेपालमा निर्माताहरुले गर्न छाडे भने के होला ?

0 comments

Write Down Your Responses