'हिन्दु धर्मको रक्षाका लागि राजतन्त्र फर्काउनुपर्छ'
मुक्तिनाथ धामका पिठाधिस स्वामी कमलनयनाचार्यले हिन्दुधर्मको रक्षाका लागि राजसंस्था पर्काउनु पर्ने बताएका छन्।
उनले राजसंस्था नफर्किएसम्म हिन्दु धर्मको रक्षा गर्न समस्या भएको बताए। गणतन्त्र स्थापना पछी हिन्दुधर्मको संरक्षणमा समस्या देखिएको उनको भनाइ छ।
सुनसरीको इटहरीमा पत्रकारसँग कुरा गर्दै कमलनयनाचार्यले गणतन्त्र स्थापना पश्चात गठन भएका सरकारले हिन्दु धर्मको रक्षा र सम्वद्र्धनमा कुनै चासो नदेखाएको भन्दै जनताले चाँहे तत्काल राजसंस्था फर्कने दाबी गरे।
स्वामी कमलनयनाचार्यले ८५ प्रतिशत हिन्दु भएको देशमा धर्मनिरपेक्षता घोषणा गरेर गणतन्त्र स्थापना भएका सरकारले गलत काम गरेको भन्दै हिन्दु राष्ट्रका लागि देशभर अभियान संचालन गर्ने चेतावनी दिए।
'ठकुरीको छोरालाई राजा बनाएर राजसंस्था ल्याउनुपर्छ'
उनले जनआन्दोलन पश्चात सात राजनीतिक दलले हटाएका पूर्वराजा ज्ञानेन्द्रलाई नै राजा बनाउँनुपर्छ भन्नेमा आफू नरहेपनी हिन्दु राष्ट्र हिन्दु धर्मको रक्षाका लागि राजसंस्था ब्युताउनु पर्ने बताए।
उनले गरिब ठकुरीको छोरालाई राजा बनाएर भएपनी राजसंस्था ब्युताउनु पर्ने धारणा राखे।
पूर्वराजा ज्ञानेन्द्रले जनचाहना अनुसार काम गर्न नसकेकै कारण राजसंस्थाको खारेज भएको बताउँदै उनले गणतन्त्र स्थापना पछिका सरकारले समेत जनहितमा काम गर्न नसकेको आरोप लगाए।
'जनताले हिजो भन्दा आज धेरै दुःख पाएका छन्। सरकार कानमा तेल हालेर बस्छ। ८५ प्रतिशत हिन्दु भएको मुलुकमा धर्मनिरपेक्ष राज्य घोषणा गर्ने नेताले सिन्को समेत भाच्न सकेका छैनन्,' उनले भने।
धर्म परिवर्तन गराउँनु गैरकानुनी
सरकारले गरिब जनतालाई सेवा सुविधा नदिएका कारण पश्चिमा मुलुकले गरिबिको फाइदा लुट्दै नेपालीलाई जबरजस्ती धर्मपरिवर्तन गरेर क्रिश्चियन बनाएको उनको भनाइ छ।
जहाँ नेपाली जनता गरिबी र अफ्टेरोमा परेका छन्। तिनै बस्तीमा गएर जबरजस्ती धर्मपरिवर्तन गराउनु गैरकानुनी हो।उनले दलको खराव प्रवृत्ति कारण हिन्दु धर्मको अस्तित्व संकटमा परेको भन्दै हिन्दु धर्मको प्रचार देश व्यापी बनाउने बताए।
उनले सनातन हिन्दु धर्मले कसैको विगार नगरेकाले हिन्दुधर्मप्रति विभिन्न लञ्छना लगाउनु गलत भएको टिप्पणी गरे।


0 comments
Write Down Your Responses