प्रधानमन्त्रीले भने नयाँ शक्तिले एमालेबाहेक अरूलाई धेरै धक्का दिनेछ हेर्नुस भिडियोमा
प्रधानमन्त्री केपी शर्मा ओलीले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले एमालेबाहेक अरू पार्टीलाई धक्का दिनसक्ने बताएका छन्।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल घोषणासभामा आइतबार पुगेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले यो पार्टीले लिएको सद्धान्त र जनसहभागिता हेर्दा एमालेबाहेक अरू पार्टीलाई धक्का दिए पनि एमालेलाई केही नगर्ने बताएका हुन्।
उनले भने, 'म सम्भावना देख्छु, नयाँ शक्ति नेपालले एमाले बाहेक अरु पार्टीलाई धक्का दिन सक्छ।'
प्रधानमन्त्रीले नयाँ राजनीतिक पार्टीबाट आफू पनि आशावादी भएको बताए । ‘बन्दै गरेको पार्टीले यो गरेन उ गरेन भन्न मिल्दैन,’ उनले भने, ‘देश, जनता, राष्ट्रिय एकता, शान्ति, समृद्धि, स्थायीत्व, एकता र विकासका लागि काम गरोस् ।’
उनले नेपालमा राजनीतिक पार्टीको कमी नभएको भन्दै राजनीतिक पार्टीहरूको भीडमा उदाएको नयाँ शक्तिले साच्चीकै देशलाई अगाडि बढाउन सहयोग गर्ने अपेक्षा गरे।
‘हामीलाई धेरै पार्टी चाहिएको होइन। हामीलाई चाहिएको देशलाई अगाडि बढाउन पार्टी चाहिन्छ,’ उनले भने, ‘त्यस विषयमा यो पार्टीले सकारात्मक भूमिमा खेल्नेछ।’
उनले संविधानले कसैप्रति विभेद नगरेको जिकिर यसपटक पनि दोहोर्याए। तर आन्दोलनरत मधेशवादी दलहरूप्रति संकेत गर्दै वार्तामा आउन उनले आव्हान गरे।
उनले भने, 'संविधानले कसैप्रति विभेद गर्ने नीति लिएको छैन। तैपनि हामी यहाँहरूका कुरा सुन्न र त्यसमा छलफल गर्न तयार छौं।'
प्रधानमन्त्री ओलीले आजै पत्र लेखि आन्दोलनरत दलहरूलाई वार्तामा आउन आग्रह गरेको जानकारी दिए।
उनले नयाँ शक्ति नेपालले राष्ट्रिय एकता सुदृढ गराउन र आर्थिक विकास अघि बढाउन भूमिका निर्वाह गर्ने अपेक्षा राखे। नेपाल रहेका विभिन्न पार्टीमध्ये नयाँ शक्तिले फरक पार्टीको पहिचान बनाउन सफल हुने उनको अपेक्षा थियो।
कार्यक्रममा बोल्दै उनले भने, 'संविधान सभामा (रुपान्तरित संसदमा) ३०-३२ वटा पार्टी छन्। निर्वाचन आयोगमा २०० भन्दा धेरै पार्टी छन्। तर नयाँ शक्ति मुलकुलाई अगाडि बढाउन सक्ने पार्टी बनोस्।'

0 comments
Write Down Your Responses