बाबुरामको नेतृत्वमा नयाँ शक्ति नेपाल घोषणा (LIVE) भिडियोमा हेर्नुस
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार ‘नयाँ शक्ति नेपाल पार्टी’ घोषणा गरेका छन्। राजधानीको दशरथ रंगशालामा आयोजित एक विशेष कार्यक्रमबीच भट्टराईले पार्टी घोषणा गरेका हुन्। भट्टराईले आदिवासी जनजाति, मधेसी, थारुहट, महिला र मुस्लिमलगायत उत्पीडितको संघर्षको उच्च सम्मान गर्ने बताउँदै जनताको न्याय र मुक्तिको आकांक्षा पूरा गर्न नयाँ पार्टीको घोषणा गरेको बताए। बाबुरामले नयाँ शक्ति नेपाल स्थापना गरेको घोषणामा भने, ‘हामी नेपाली जनताको हित र समृद्धिका लागि जेठ ३० गते आइतबार नयाँ शक्ति नेपाल स्थापना गरेको सगर्व घोषणा गर्दछौँ।’ पार्टी घोषणा सँगै बाबुरामले सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकसाथ पद तथा गोपनियताको सपथ समेत खुवाएका छन्।


0 comments
Write Down Your Responses