नयाँ शक्तिको जिम्मेवारीमा करिष्मा फ्लप, सिनेमाको कार्यक्रमजस्तो सजिलो हुँदैन रहेछः करिश्मा

काठमाडौँ - आइतबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक भएको नयाँ शक्ति नेपाल पार्टीको घोषणा भएको छ। अन्य राजनीतिक कार्यक्रम भन्दा फरक ढंगले भएको कार्यक्रमको सञ्चालन जनजाती नेता पासाङ शेर्पा र नायिका करिष्मा मानन्धरले गरे । 

कार्यक्रमको सुरुवात पासाङले गरे भने बाबुरामले पार्टी घोषणा गरेपछिको सत्रमा करिष्माले अत्तालिएर कार्यक्रम सञ्चालन गरिन् । कार्यक्रम अवधिभर करिष्मा र पासाङले पालैपालो उद्घोषण गरे । नसुहाउँदो शैलीमा कार्यक्रम सञ्चालन गरेको भन्दै सामाजिक सञ्जालमा करिष्माको चर्को विरोध भएको छ । करिष्माले कांग्रेस नेता प्रदीप गिरीलाई मन्तव्यका लागि बोलाउँदा प्रदीप भट्टराई भनिन् । कुटनीतिक व्यक्तित्वलाई मन्तव्यका निम्ति आग्रह गर्दा समेत करिष्माले उच्च सम्मान व्यक्त गर्न नसकेको टिप्पणी सामाजिक सञ्जालमा भएको छ । ट्वीटरमा कुम्भकर्ण लेख्छन्, ‘विचरा करिस्माको माया लागेर आयो ! अंग्रेजी पनि बिगारी बिगारी बोल्दिने ।'

, ,

0 comments

Write Down Your Responses