पढ्न जापान आएकी भिमा अस्पतालको शैयामा,नयाँ जीवनको लागि सहयोगको याचना
टोकियो । बिद्यार्थी भिषामा जापान पढ्न आएकी ओखलढुङ्गा पोखरे–७ की भिमाकुमारी श्रेष्ठ मुटुमा आएको समस्या आएपछि नेरिमास्थित हिकारीगाओका अस्पतालको शैयामा मृत्युसँग लडिरहेकी छिन् ।
सन् २०१४ को अप्रिल सेसनमा जापान आएकी श्रेष्ठले भाषा कलेजको अध्ययन पुरा गरेपछि भोकेसलन कलेजमा अध्ययनरत श्रेष्ठ गत एक वर्ष देखि मुटुको समस्याले नियमित चेकजाँच गर्दै आएकी थिइन ।
तर उनको मुटुको भल्वमा समस्या देखापरेपछि अपस्तालको शैयामा मृत्युसंग लडिरहेकी छिन । नेरिमास्थित हिकारीगाओका अस्पतालका अनुसार श्रेष्ठको मुटुको भल्भले काम गर्न छोडेर तेस्रो स्टेजमा पुगिसकेकोले १ महिनाभित्र भल्भ फेर्नु पर्नेछ । जसका लागि करिव १५ लाख (१५० मान) येन खर्च लाग्ने अस्पतालले जनाएपछि उनी जापानबासी नेपाली समुदायसमक्ष नयाँ जीवनको याचना गरेकी छिन ।
एक बर्षअगाडीदेखि मुटुको समस्या झेल्दै आएकी श्रेष्ठले बारम्बार स्वास्थ्य परीक्षण गराउँदा पनि पत्ता नलागेको र अन्तिमा आएर हालै हिकारीगाओका अस्पतालले मुटुको भल्भले काम गर्न छोडे बताएपछि उनी मृत्युसंग लडिरहेकी छिन ।
मुटुमा देखिएको समस्यापछि निराश भएकी २३ बर्षीय श्रेष्ठले आफु कमजोर आर्थिक पृष्ठभूमिको भएको भन्दै एक्लैले त्यत्रो रकमको बन्दोबस्त गर्न नसक्ने भएपछि उनले सहयोगकोयाचना गरेकी छन ।
श्रेष्ठको जीवन रक्षाका लागि सहयोग गर्न चाहने हुने ईच्छुकहरुले उनको हुलाक खाता नंम्वर १७४९०–६०९८९०११ मा सहयोग गर्ने सक्नु हुने र ०७०–४६९१–९८४९ मा सम्पर्क गरी सक्दो सहयोग गर्न आग्रह गरेकी हुन । नेपाल शस्देसबाट


0 comments
Write Down Your Responses