किन उत्तरतिर शिरानी गर्नु हुँदैन ?पुरा पढ्नुस

सम्भवत हाम्रा अभिभावले हामीलाई उत्तरतर्फ शिरान गरेर नसुत्न सुझाब दिने गर्छन् । अन्धविश्वासी धारणा भन्दै कतिपयले यसलाई खासै पालना गर्दैनन् । तर यसका पछाडि वैज्ञानिक कारण पनि रहेका छन् ।

 शरिर यसरी डिजाइन भएको हुन्छ मानिसको मुटु शरिरको आधा भाग भन्दा माथि रहेको हुन्छ ।

 यो शरिरको तीन चौथाई भागमा हुन्छ । शरिरको माथिल्लो भागमा रगत पम्प गर्न तल भन्दा गाह्रो हुन्छ । शरिरको माथिल्लो भागमा रगत पुयाउने रक्त धमनी तल जाने भन्दा बढी व्यबस्थित हुन्छन् । जब यी धमनी दिमागमा पुग्छन्, उनीहरु कपालको रौ जत्रो हुन्छ । जसका कारण उनीहरुले एउटा थोपा बढी रगत लैजान सक्दैनन् ।

 यदि एउटा बढी थोपा पम्प भयो भने नली नै पड्किने र ह्यामोरेज हुन्छ । उत्तरतर्फ टाउको राख्दा के हुन्छ ? यदि तपाईमा एनिमिया लगायतका रगतसँग सम्बन्धित समस्या छ भने चिकित्सकले आइरन खान सुझाब दिन्छन् । रगतमा यो एउटा महत्वपूर्ण तत्व हो । त्यस्तै, पृथ्वीमा चुम्बकले धेरै काम गरेको हुन्छ ।

 पृथ्वीको आफ्नै चुम्बकीय शक्ति हुन्छ । जब सुत्दाखेरी शरिरकलाई तेस्र्याइन्छ मुटुको धड्कनको दर घटेको महशुस हुन्छ । उठ्दा जस्तै सुत्दा पनि रगत पम्प हुने हो भने दिमागमा धेरै रगत पुगेर विभिन्न असर गर्न सक्छ । तर, सुत्दा खेरी शरिर आफैले रगत प्रवाहको मात्रा निर्धारण गर्छ ।

 तपाईंले उत्तरतर्फ शिर फर्काएर पाँच छ घन्टा सुत्नुभयो भने उत्तरको चुम्बकीय आकर्षणले दिमागमा प्रेसर दिन्छ । जसका कारण टाउकोमा धेरै भन्दा धेरै रगत प्रवाह गरिदिन्छ ।

 तपाईंको उमेर पनि अलि बढेको छ रक्त नली कमजोर छन् भने यो दिशातर्फ सुत्दा तपाईंलाई ह्यामोरेज र स्ट्रोकको खतरा हुन्छ । यदि तपाईको शरिर लचकदारछैन वा जटिल छ भने तपाई तनाबग्रस्त बन्नुहुन्छ । किनकी तपाई सुत्दाखेरी अन्य अवस्थामा भन्दा अझै बढी रक्तप्रवाह हुन्छ 

 वैज्ञानिकहरुका अनुसार एक दिन उत्तरतर्फ फर्किए सुत्दा खासै समस्या नहुन सक्छ । तर यदि तपार्इं नियमित रुपमा यो पोजिसनमा सुत्नुहुन्छ भने तपाईले समस्या निम्त्याउनु भएको छ । तसर्थ तपार्इंको शरिरको प्रणाली कति जटिल छ भन्नेमा नै कस्तो समस्या आउँछ भन्ने हो ।

0 comments

Write Down Your Responses