लिपिस्टिक लगाउँदा यी कुरामा ध्यान दिनुस्, नत्र पछुताउनु पर्ला ;पुरा पढ्नुस

महिलाहरु सुन्दर हुने सपना बुन्दै बिभिन्न थरीका मेकअपका सामाग्रिहरुको प्रयोग गरेका हुन्छन्, तर गुणस्तर कम भएका लिपिष्टीकको कारण सुन्दरताको सट्टा उल्टो असर परिरहेको हुन्छ ।

 तर लिपिष्टीक लगाउनु अघि ओठलाई सफा पानीले राम्रोसंग धोएर सफा गर्नु उचित हुन्छ ।

 आफ्नो छालाको प्रकार तथा मौसमअनुसार लिपिस्टिक परिवर्तन गरी लगाउनु उचित हुन्छ। लिपिस्टिक प्रयोग गर्नु अघि सो लिपिस्टिक बाट एलर्जी हुने नहुने कुराको निक्र्यौल गर्नुहोस् । 

जस्तो लिपिस्टीकको प्रयोग बाट एलर्जी हुन्छ त्यस्तो लिपिस्टिकको प्रयोग नगर्नु नै उचित हुन्छ । लिपिस्टिकको प्रयोग गर्दा आफ्नो ब्यक्तिगत लिपिष्टीक मात्र प्रयोग गर्ने बानी बसाल्नुहोस् । अरुको लिपिस्टिक प्रयोग गर्नाले छालाका रोगहरु सर्ने संभावना प्रवल रहन्छ ।

 लिपिस्टिक प्रयोग गर्ने सहि तरिका
 सर्वप्रथम लिपिस्टिकको प्रयोग गर्नु अघि ओठमा रुईको कपडालाई काँचो दुधमा भिजाएर सफा गर्नुहोस्, पूरानो लिपिस्टिक पूर्ण रुपमा सफा नगरी नयाँ लिपिस्टिकको प्रयोग गर्नाले धुलो तथा फोहर ओठमा जम्ने संभावना रहन्छ ।

 टिस्यु पेपरको सहयोगले ओठमा हल्का फाउन्डेसन लगाउनुहोस्, त्यसपश्चात एकपटक हल्का रुपमा पाउडर लगाउने गर्नुहोस् ।

 लिप पेन्सिलले ओठलाई सही आकार दिनुहोस्, त्यसपछी मात्र लिपिस्टिकलाई हल्का तरिकाले हातले लगाउनुहोस् ।

 ब्रसको सहायताले लिपिस्टिकलाई भर्नुहोस्,
 अफिसको लागि निस्कदै हुनुहुन्छ भने सधै हल्का रुपमा मात्र लिपिस्टिकको प्रयोग गर्नुहोस्, गहिरो रंगको लिपिस्टिकको प्रयोग रातको समयमा मात्रै प्रयोग गर्नुपर्दछ ।

 सुत्नेबेला लिपिस्टिक उतार्न नभुल्नुहोला । माथि बताएको तरिकाले लिपिस्टिक उतार्नु ठिक हुन्छ ।

 काँचो दुध ओठका लागि मोस्चराइजरको काम गर्दछ । लिपिस्टिक उतारेपछी थोरै दूधको तर र घिउले हल्का मालिस गर्नुहोस् । –स्वास्थ्य खबरपत्रिका बाट

0 comments

Write Down Your Responses