दाङ देउखुरीका रक्सीले मातेर रावतले अाफ्नै घरमा अागो लगाए

दाङ  जेठ २९ - दाङ देउखुरीका राम बहादुर रावतले आफ्नै घरमा आगो लगाएका छन् । लमही ८ अर्नहवा निवासी रावतले गएराती १२ बजे रक्सी खाएर मातेको अवस्थामा घरमा आगो लगाएको रावतकी श्रीमती वसन्ती रावतले जानकारी दिइन् । 

नातीनीको भात ख्वाईको दिनमा रावतले आफ्नै घरमा आगो लगाएका हुन् । आगोले घर पूर्ण रुपमा जलेर खरानी भएको छ । आगो लगाउने रावत अहिले फरार रहेका छन् । घटनाका बिषयमा प्रहरीलाई खबर गरिएको छ । ईट्टा भट्टामा काम गरेर गुजारा चलाउने रावत परिवारका सात जना घर जलेसंग बिचल्लीमा परेका छन् । घर भित्रका सबै सामान जलेर नष्ट भएका छन् ।।

, ,

0 comments

Write Down Your Responses