मोरंगमा रडले हिर्काएर आफ्नै बाबुको हत्या

उर्लाबारी (मोरङ) जेठ २९  मोरङको कोशी–हरैँचामा आज दिउँसो छोराले आफ्नै बाबुलाई फलामको रडले हिर्काएर हत्या गरेका छन् । 

कोशी–हरैँचा नगरपालिका–१५ सितुमारीका ७४ वर्षीय भोलामान राईको ३५ वर्षीय छोरा रामकुमार राईले पिताको हत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए । बाबु छोराबीच भएको घरायसी विवादमा रामकुमारले बाबुलाई रडले हिर्काउँदा टाउकोमा लागेर भोलामानको घटनास्थलमै मृत्यु भएको हो । बाबुको हत्या गर्ने छोरा रामकुमार राईलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक थापाले बताए । रासस

,

0 comments

Write Down Your Responses