विदेशमा रहने नेपालीहरूलार्इ खुशीकाे खबर : अब विदेशमै बसि बसि आगामी निर्वाचनमा भोट हाल्न पाउने , कसरी त्याे जानाै !
निर्वाचन आयोगका कामु प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले विदेशमा बस्ने नेपालीलाई पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) निर्वाचनमा सहभागी गराउन नसकिने बताएका छन् ।
शुक्रवार संसदीय सुनुवाइ समितिमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा आयुक्त यादवले प्राविधिक जटिलताका कारण उनीहरूलाई समानुपातिकतर्फबाट मात्र विदेशबाट अनलाइन मतदानको व्यवस्था गर्न सकिने बताएका हुन् ।
सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा विदेशमा बस्ने नेपालीका लागि अनलाइन भोटिङको व्यवस्था गर्ने उल्लेख छ । ‘प्रविधिमा त्यति समर्थ छैनौँ हामी, सबै निर्वाचनमा अनलाइन भोटिङ सम्भव हुँदैन, समानुपातिक निर्वाचनका लागि मात्र हुन्छ,’ यादवले भने । विदेशमा रहेका नेपालीमध्ये कतिले ‘पिआर’ वा ‘ग्रीनकार्ड’ लिएका छन् भन्ने यकिन भएपछि मात्र उनीहरूलाई मतदानमा सहभागी गराउन सकिने उनले बताए ।
‘पहिला पिआर लिएकाको जानकारी हुनुप¥यो, पिआर लिएकाले मतदाता सूचीमा नाम लेखाए भने के गर्ने,’ यादवले भने, ‘डुप्लिकेसन भयो भने के गर्ने, ग्रीनकार्ड जफत गर्ने कि ? निर्वाचन कसूर ऐन अन्तर्गत कारबाही गर्ने ?’ आयोगले विदेशमा बस्ने नेपालीको मतदाता नामावली अनलाइन रजिस्टे«सन गर्ने सोचाइ बनाएको यादवले बताए । त्यसका लागि कूटनीतिक पहल जरुरी रहेको उनी बताउँछन् । बैठकमा अष्टलक्ष्मी शाक्य, डा. प्रकाशशरण महत लगायतका सांसदले विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्थाबारे जिज्ञासा राखेका थिए ।

0 comments
Write Down Your Responses