आफ्नै छोरीले दिइन् प्रचण्डलाई कडा चुनौती…...................

आइतबार, ९ जेठ- काठमडौं । एकीकृत नेकपा माओवादीसँग विभिन्न दश माओवादी गठबन्धन मिलेर नेकपा (माओवादी केन्द्र) निर्माण भएको छ । ती पार्टीहरुका बीचमा एकीकरण भएपश्चात् बन्ने केन्द्रीय समिति निकै जम्बो बन्ने अवस्थामा छ । अर्थात नेताहरुका बीचमा यही समहति बनेको छ र ६ सय ९९ सदस्यीय समिति बन्दै छ । यही विषयलाई लिएर पार्टीका सुप्रिम कमाण्डर प्रचण्डको आलोचना भैरहेको छ ।

 अझ उनले आफ्नो छोरी रेणु दाहाल र बुहारी बिना मगरलाई पनि केन्द्रीय कमिटीमा राख्ने निर्णय गरे । यद्यपी उनीहरु दुवै जना जनयुद्धकाल देखि पार्टीमा लागिरहेका छन् । रेणुको विषयलाई लिएर आलोचना भैरहेका बेला उनले भने आफु केन्द्रीय सदस्य बन्न लालायीत नभएको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै रेणुले भनेकी छिन् कि, ‘म आफू खटेको कार्यक्षेत्रबाट अनुमोदित भएर यहाँसम्म आइपुगेकी हुँ । आफ्नो हैसियत हुँदा हुँदै पनि अहिले बन्न लागेको असन्तुलित केन्द्रीय समितिमा मलाइ नराखियोस् ।’

 आगामी महाधिवेशनमा कार्यकर्ताको बीचबाट विधी र प्रक्रियाद्वारा केन्द्रीय सदस्यमा चुनिन चाहेको भन्दै रेणुले आफ्नै बाबुको निर्णयको विरुद्धमा उभिने हिम्मत गरेकी हुन् । उनले बाबुलाई सुझाव समेत दिएकी छिन् । उनले पार्टीका आम कार्यकर्ताको सन्तुलित व्यवस्थापनका लागि पालुङटार विस्तारित बैठकमा जस्को जुन हैसियत थियो त्यसैलाई आधार बनाएर केन्द्रीय समिति बनाउनुपर्ने बताएकी छिन् ।

0 comments

Write Down Your Responses