महिलाको गर्भावस्थामा आउने दाँत तथा गिजाका समस्या
गर्भावस्थामा स्वास्थ्यको विशेष ध्यान त दिइरहेका हुन्छौं तर समग्र स्वास्थ्यमा भन्दा प्रजनन स्वास्थ्यमा बढी चिन्ता र चासो हुन्छ ।
यस्तो अवस्थामा मुख र दाँत तथा गिजाका समस्या पनि देखा पर्न सक्छन् । ती यसप्रकार छन्ः
१ गिजा सुन्निनेः गर्भावस्थामा दाँत तथा मुख राम्ररी सफा नगर्नाले गिजा सुन्निने, गिजाबाट रगत आउने समस्या देखिने गरेको छ। जसका कारण दन्तलेउ, दन्त पत्थर अन्ततः दन्तहर्षा समेत हुने गर्दछ । त्यसैले गर्भधारण अघि र गर्भावस्थामा नियमित दन्त चिकित्सककहाँ गएर आफनो दाँत सफा गराउने बानि बसाउनुपर्छ । साथसाथै खानेकुरा खाए पश्चात राम्ररी मुख कुल्ला गर्ने बानी बसाउनुपर्छ ।
२ प्रेग्नेन्सी ट्युमरः ५ प्रतिशत गर्भवति महिलाहरुमा यो समस्या देखिने गरेको छ । गर्भावस्थामा प्रोजेस्टेरोन र एस्ट्रोजेन नामको हर्माेको वृद्धिले गर्दा यो समस्या देखापर्छ । कतिपय अवस्थामा शिशुको जन्म पश्चात यो ट्युमर हराएर जान्छ भने कतिपय अवस्थामा यसले खानपानमा पनि समस्या ल्याउँछ, रगत बग्ने, अत्याधिक पिडा पनि दिने गर्दछ । यस्तो अवस्था आयो भने चिकित्सककहाँ जानुपर्छ ।
३ दाँत खिइने, सिरिंङ–सिरिंङ हुने: गर्भावस्थाको पहिलो तीन महिना वाकवाकि लाग्ने, उल्टि हुने कारणले दाँतहरू खिइने समस्या आउँछ। दाँत खिइएपछि सिरिंङ–सिरिंङ हुने गर्दछ । त्यसैले उल्टि हुनेबित्तिकै सफा पानीले मुख कुल्ला गरिहाल्ने अथवा एक चम्चा सोडा पानीमा हालेर मुख कुल्ला गर्ने । साथै धेरै अमिलो खानेकुरा पनि नखाने ।
४ दाँत किराले खाने: कतिपय महिलाहरू अत्याधिक गुलियो रुचाउने हुन्छन् । अत्याधिक गुलियो खानाले दाँत सड्न सक्छन। गुलियो खानेकुराको सट्टा पोषिलो र स्वास्थ्यवद्र्धक खानेकुरा खाएमा आफ्नो र बच्चाको स्वास्थ्य राम्रो हुन्छ । गुलियो खानेबितिकै मुख कुल्ला गर्ने बानि बसाउन पर्छ ।
५ दाँतहरु हल्लिने : गर्भावस्थामा दाँतको वरिपरिका हाडहरु कमजोर हुने भएकाले केही समय दाँत हल्लिएको महशुस हुन सक्छ । दाँतहरू झरेर जाँदैनन्, यो समस्या आफैँ ठिक भएर जान्छ, आत्तिनु पर्दैन । तर, मुख भने सधैँ सफा राख्न जरुरी छ ।

0 comments
Write Down Your Responses